पहिलो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो हिजो नोभेम्बर पाँच तारिख शाङ्गहाईमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मूख्य सम्बोधन गर्दै चीनले खुलापनलाई विस्तृत पार्ने सम्बन्धित कदम प्रस्तुत गर्नुभएको छ। यस पटकको आयात एक्स्पोमा भाग लिएका विभिन्न मुलुकका राजनीतिक, वाणिज्य र शैक्षिक क्षेत्रका प्रतिनिधिहरुले राष्ट्राध्यक्ष सीको सम्बोधनलाई उच्च मूल्याङ्कन गरेका छन्।
फ्रान्सका भूतपूर्व प्रधानमन्त्री जेन पियरेरे रफिननले भन्दै चीनले निरन्तर रुपमा बहुपक्षीयतावाद र अन्तर्राष्ट्रिय सहयोगमा लागिरहने, मानव एकरुपताको निर्माण गर्ने राष्ट्राध्यक्ष सीले सम्बोधनमा व्यक्त गरेको यी कुरा ज्यादै महत्वपूर्ण रहेको बताउनुभएको छ।
युगान्डा वाणिज्य र उद्योग विभागका जिम्मेवारी व्यक्ति अनगुरा मोङले व्यक्त गर्दै राष्ट्राध्यक्ष सीले सम्बोधनमा प्रस्तुत गर्नुभएको चीनले निरन्तर रुपमा भन्सार करलाई अझ कम बनाउने नीति युगान्डाका व्यवसायका लागि निकै महत्वपूर्ण रहेको बताउनुभएको छ।