
प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो हिजो नोभेम्बर पाँच तारिख बिहान शाङहाईमा शुरु भएको छ। त्यो चीनले नयाँ चरणको उच्चस्तरीय वैदेशिक खुलापनलाई अघि बढाउनका लागि चालेको एक महत्वपूर्ण कदम हो।

एक्स्पोमा सहभागी भएका विश्वका नामी मिडिया तथा थिङ्कट्याङ्कका विशेषज्ञहरूका अनुसार, अर्थतन्त्रको विश्वव्यापीकरण भन्ने युगको प्रवाहमा निष्पक्ष र खुलस्त अन्तर्राष्ट्रिय आर्थिक परिपाटीको संरक्षण र खुलस्त विश्व आर्थिक प्रणालीको स्थापना गर्ने क्रममा मिडिया तथा थिङ्कट्याङ्कले महत्वपूर्ण पात्रको अभिनय गर्ने छन्।

प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो मातहतको एउटा महत्वपूर्ण विषय अर्थात् होङ छ्याउ अन्तर्राष्ट्रिय बित्तीय मिडिया र थिङ्कट्याङ्क मञ्च पाँच तारिख दिउँसो शाङहाईमा आयोजना गरियो। खुलस्त विश्व अर्थतन्त्रको स्थापना र फैलावट भन्ने सो मञ्चको मुख्य नारा रहेको छ। मञ्चमा सहभागी प्रतिनिधिहरूले अर्थतन्त्रको विश्वव्यापीकरण भन्ने युगको प्रवाहमा मिडिया तथा थिङ्कट्याङ्कले के-कस्तो पात्रको अभिनय गर्ने विषयबारे विचार-विमर्श गरेका छन्।