
हरेक वर्षको अन्त्य र आरम्भमा विभिन्न मुलुक र क्षेत्रले विविध अन्तर्राष्ट्रिय परीक्षाको नतिजा पाउने गर्दछन्। त्यसको अर्थ के छ भने विभिन्न अन्तर्राष्ट्रिय संगठन, वैज्ञानिक संस्था, मिडिया, थिङ्कट्याङ्क र गैर-सरकारी संगठनहरूले राजनीति, अर्थतन्त्र, व्यापार, शिक्षा, पर्यटन, संस्कृति, स्वास्थ्य, सिर्जनशीलता र प्रतिस्पर्धात्मक शक्ति लगायत शृंखलाबद्ध मापदण्डको अङ्क बमोजिम विभिन्न आर्थिक समुदायको परीक्षाको नतिजा र विश्व सूचिको नामावली सार्वजनिक गर्ने गर्दछन्। ती नतिजा रिपोर्टमध्ये एउटा रिपोर्टलाई प्राथमिकतामा राखिन्छ। जुन विश्व बैंकको "सर्वोच्च प्रतिवेदन" भनिने विभिन्न आर्थिक समुदायको वार्षिक कारोबार वातावरणको नामावली रहेको छ।
विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अर्थात् सन् 2019 वार्षिक कारोबार वातावरण प्रतिवेदन: सुधारका लागि तालिमका अनुसार, जम्मा 190 वटा आर्थिक समुदाय संलग्न भएका सो परीक्षामा चीन लगातार दुई वर्षसम्म 78 औँ स्थानबाट 32 वटा आर्थिक समुदायलाई नाघेर सारा विश्वको नामावलीको 46 औँ स्थानमा पुगेको छ। चीन अवश्य नै एक वर्षभित्र प्रगतिको छलाङ मार्ने आर्थिक समुदाय पनि बनेको छ।