|
|
|
|||||||||
|
||

प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको दोस्रो दिन युन्नान प्रान्तीय सरकारले दक्षिण एसिया पूर्वी दक्षिण एसिया आयातित सामान प्रदर्शन तथा व्यापार केन्द्रको प्रचारप्रसार कार्यक्रमको आयोजना गरेको छ।
नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल सो कार्यक्रममा सहभागी हुनुभयो।

चीनले आयोजना गरेका यस प्रकारका कार्यक्रमबाट नेपाललाई धेरै अवसर प्राप्त भएको सचिव घिमिरेले बताउनुभयो। चीनले आयोजना गर्दै आएको दक्षिण एसिया एक्स्पोमा नेपाल नियमित रुपमा सहभागी हुँदै आएको भन्दै नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौता भइसकेको परिप्रेक्षमा नेपालको विकासले गति लिने औँल्याउनुभयो।

कार्यक्रममा सहभागी हुनु भएका सार्क स्तरीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकालले सीआरआईसँगको अन्तर्वार्तामा भन्नुभयो आफूले चीनसँग थुप्रै क्षेत्रमा सम्झौता गरेको बताउनुभयो। उहाँले नेपाल र दक्षिण एसियाली राष्ट्रहरुले चीनसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा विभिन्न कोणबाट छलफल भएको र सम्झौता गरिएको स्पष्ट पार्नुभयो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||