|
|
|
|||||||||
|
||

नेपालमा लगानीको अवसर विषयमा शाङहाईमा एक गोष्ठीको आयोजना गरिएको छ। आज नोभेम्बर ७ तारिख बिहान आयोजित सो गोष्ठीमा नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, नेपालका लागि चिनियाँ राजदूत लीलामणि पौड्याल, शाङहाईका मानार्थ नेपाली महावाणिज्यदूतउ च्यानमिङसँगै चीन र नेपालका उद्योगवाणिज्य क्षेत्रका व्यक्तिहरु सहभागी भएका छन्।
गोष्ठी नेपाली दूताबास र शाङहाईस्थित नेपाली महावाणिज्य दूताबासले संयुक्त रुपमा आयोजनामा चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक सहयोग संघले संयोजन गरेको हो।

गोष्ठीलाई सम्बोधन गर्दै नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले चीनद्वारा छिमेकी मुलुकहरुसँग आर्थिक वृद्धि र विकासका उपलब्धि आदानप्रदान गरेको बताउनुभयो। अहिले नेपालमा लगानी गर्नका लागि सबैभन्दा राम्रो वातावरण रहेको भन्दै चिनियाँ लगानीलाई नेपाल सरकारले स्वागत गरेको मन्त्री यादवले उल्लेख गर्नुभयो।

सो कार्यक्रममा बोल्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको छोटकरी जानकारी दिँदै नेपालको समृद्धि हिमालय पार क्षेत्रको स्थितिको पूर्वसर्त हो भन्ने कुरामा जोड दिनुभयो। नेपाल र चीनबीचमा फलदायी सहयोगलाई सबल पार्न नेपाली दूताबासले सक्तो सहयोग र सेवा दिने राजदूत पौड्यालले उल्लेख गर्नुभयो।
गोष्ठीमा धेरै चिनियाँ व्यवसायी र नेपालमा लगानी गर्न चाहने व्यक्तिहरुले नेपालको पूर्वाधार विकास पर्यटन औद्योगिक पार्क निर्माण लगायतका क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||