फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खासा बन्दरगाह फेरी खुल्ला हुने

(GMT+08:00) 2018-11-08 14:15:50

खासा बन्दरगाह नै पहिले चीन र नेपालबीचको मालसामानको ढुवानीको सबैभन्दा महत्वपूर्ण भूमिगत बाटो थियो। तापनि हाल केही वर्षयता उत्पन्न भएका धेरै प्राकृतिक प्रकोपले यस बन्दरगाहलाई गम्भीर ध्वस्त पारेको देखिन्छ। त्यसैले यो बन्दरगाह अस्थायी रुपमा बन्द भएको थियो। नेपाली सर्वसाधारणले चिनियाँ उत्पादनलाई निकै मन पराउँछन्। यस बन्दरगाहमा बसेका धेरै नेपाली व्यापारीले खासा बन्दरगाह फेरि खुल्ला हुनसक्ने प्रतिक्षा गरेका छन्। त्यसैले चीन सरकारले यस वर्ष तातोपानी सिमा जाँच स्टेशनको प्रकोप भएपछिको पुनःनिर्माण गर्ने निर्णय गरेको थियो। खासा बन्दरगाहअन्तर्गत नेपालतर्फ पर्ने तातोपानी सीमा जाँच स्टेशनले मुख्य गरी नेपालमा प्रवेश तथा बाहिर निर्यात गर्ने मालसामानको जाँचबुझ र नेपाल भन्सार पार गर्ने व्यक्तिको भिसा जाँच तथा दर्ता कामलाई बहन गरेको हो। सन्2009को सेप्टेम्बर 10 तारिख चीन र नेपाल सरकारले चीद्वारा तातोपानी जाँच स्टेशनको निर्माण सम्बन्धी दस्तावेजलाई हस्ताक्षर गरेका थिए। यो योजना सन्2012 सुरु भएको थियो। तरपनि सन्2015को विनाशकारी भूकम्प र सन्2014 तथा सन् 2016 नेपालमा ठूलो बाढी प्रकोप गएकाले यो योजना अस्थायी रुपमा बन्द भयो।

चीन र नेपालबीचको वर्तमान सिमा व्यापार केरुङलाई मात्रै निर्भर हुनुपर्छ। आपसी द्वीपक्षीय व्यापारिक रकम स्पष्ट रुपमा घटेको देखिन्छ। नेपाल सरकारले धेरै पटक गरी चीन सरकारसमक्ष तातोपानी सिमा जाँच स्टेशनको पुनःनिर्माण योजनालाई छिटो पुनःशुरु गर्ने आग्रह गरेको थियो। सन्2018 मार्चमा चीन सरकारले तातोपानी सम्बन्धी प्रकोपपछिको पुनःनिर्माणलाई पुनःशुरु गर्ने निर्णय गरेको थियो। चीन रेलवे निर्माण निगम लिमिटेडको 14औं समूह लिमिडेट कम्पनीले उक्त योजनाको जिम्मेवारी लिएको हो। केवल एक महिनामा यस योजना सम्बन्धी विभिन्न तयारी काम पूरा भएको छ। वाणिज्य मन्त्रालयको आर्थिक मामिला सहयोग व्युरोको आग्रह बमोजिम सन्2018 अप्रिल 30 तारिख यो योजना औपचारिक रुपमा सुरु भयो। यसप्रति दक्षिण एशियाका लागि 14औं समूह लिमिडेट कम्पनीको चिनियाँ कम्युनिष्ट पार्टी शाखाका सचिव याउ चुङ्ग व्हाले यसरी दिनुभयो:यस योजनाले जम्मा गरी 42 हजार वर्गमिटर भूमि ओगटेको छ भने भवन क्षेत्रको क्षेत्रफल 63सय वर्गमिटर रहेको छ। सन्2018अप्रिल तीस तारिख यो योजना सुरु भएको हो। तर भर्खरै सम्पन्न भएको वर्षा ऋतुले हाम्रो यस योजनामा धेरै बाधा पारेको छ।

हरेक वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको अवधि नेपालमा बाढी प्रकोप अवस्था देखियो। तातोपानीका निर्माणकर्ताहरुले श्रृंखलावद्ध कदम लिँदै सुरक्षा प्रत्याभूति गर्ने पूर्वाधारमा निर्माणको काम गरेका छन्। यसका अतिरिक्त 14औं समूह लिमिडेट कम्पनीले धेरै स्थानीय नेपाली कर्मचारीलाई भर्ति गरेको छ। केही नेपाली कर्मचारीले यस योजना सम्बन्धी व्यवस्थापन र समन्वय काममा भाग लिएका छन्। नेपाली युवक मिलन शेर्पाले सन्2014देखि 14औं समूह लिमिडेट कम्पनीसँग काम गरेका हुन्। चिनियाँहरुसँगको कार्यअनुभवबाट उनलाई धेरै न्यायिक अनुभूति भएको छ।

जानकारी तथा लेखहरु