फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा निजी व्यवसायको आर्थिक विकासका लागि विस्तृत कानुनी प्रत्याभूति प्रदान

(GMT+08:00) 2018-11-08 15:04:04

चीनको अदालतले अधिकार सम्बन्धी संरक्षण शक्तिलाई बढाएर निजी व्यवसायसँग सम्बन्धित विभिन्न खालका मुद्दाको राम्ररी छानबिन गर्नुका साथै निजी व्यवसायको आर्थिक विकासका लागि विस्तृत कानुनी प्रत्याभूति प्रदान गर्ने छ। चीनको सर्वोच्च जन अदालतका उपप्रमुख च्याङ पी सिनले हिजो नोभेम्बर 7 तारिख पैचिङमा उक्त जानकारी दिनुभएको हो।

उपप्रमुख सिनका अनुसार, जन अदालतले कानुनी तरिकाको सदुपयोग गरी निजी व्यवसायको विकास र समृद्धिका लागि प्रेरणा दिनु, समर्थन गर्नु र सही दिशा देखाउनुपर्छ। कानुन बमोजिम विभिन्न खालका बजारमुलक समुदायको समान स्थान र समान कानुनी जिम्मालाई कायम राख्नुका साथै निष्पक्ष प्रतिस्पर्धाको संरक्षण गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु