फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अक्टोबर महिना चीनको आयात निर्यात रकम 20 प्रतिशतले बृद्धि

(GMT+08:00) 2018-11-08 17:06:32
चीनको भन्सार मुख्यालयले 8 तारिख सार्वजनिक गरेको पछिल्लो वैदेशिक व्यापारिक तथ्याङ्क अनुसार, यस वर्षको अक्टोबर महिनामा चीनको आयात-निर्यातको कुल रकम 27 खर्ब 50 अर्ब चिनियाँ युआन पुगेकाले 22 दशमलब 9 प्रतिशतले बृद्धि भएको छ। आयात-निर्यातको कुल मात्रा होस् वा आयात-निर्यात रकम बृद्धि दर दुवै नै पहिलेको बजार अनुमानभन्दा निकै बढी भएको देखिन्छ।

विशेषज्ञका अनुसार, यस वर्षभरि चीनको वैदेशिक व्यापारिक आयात र निर्यात स्थिर रुपमा बृद्धि भएको देखिएको छ। आगामी वर्ष वैदेशिक व्यापारमा जिवन्त शक्ति थपिनु बाहेक सुधारलाई शिघ्र पारिनुपर्छ।

उक्त तथ्याङ्कका अनुसार, यस वर्षका अघिल्ला दश महिनामा चिनियाँ मालसामानको व्यापारिक आयात-निर्यात कुल रकम 2 सय 50 खर्ब 50 अर्ब चिनियाँ युआन पुगेकाले गत वर्षको सोहि अवधिको तुलनामा 11 दशमलब 3 प्रतिशतले बृद्धि भएको छ।

जानकारी तथा लेखहरु