फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केन्याको गुलाफ फूल चीन अन्तर्राष्ट्रिय आयात एक्सपोमा

(GMT+08:00) 2018-11-09 15:26:51

टुसार व्यास केन्याको सुबाटी फूल कम्पनीको नाइवाशा फार्मका जिम्मेवार व्यक्ति हुनुहुन्छ। केन्याको राजधानी नैरोबीबाट करीब एक सय किलोमिटर टाढा रहेको नाइवाशा तालको नजिकै उहाँले ३५ हेक्टर क्षेत्रफलको फूल फार्म संचालन गर्नुहुन्छ। त्यहाँ ६७ किसिमका गुलाफ फूलको रोपाइँ गरिएको छ। टुसारले हालैका वर्षहरूयता चीनसितको व्यापार धेरै बढेको बताउनुभयो। उहाँ भन्नुहुन्छ "विगत दुई तीन वर्षमा फूल व्यापारमा क्रमशःवृद्धि भैरहेको छ। मेरो फार्मका गुलाफ फूल चीनतर्फ निर्यात गरिएको छ। चीन एक ठूलो बजार हो। भविश्यमा हामी चीनका सबैभन्दा ठूलो ग्राहक बन्ने आशा मैले लिएको छु।"

नाइवाशा तालको नजिकै फूल फार्म धेरै छन्। अफ्रिकाको फूलको सबैभन्दा ठूलो निर्यात मुलुकको रुपमा केन्याको फूल व्यवसाय पर्यटन र चियापछि केन्याको निर्यात अर्थतन्त्रको तेस्रो आर्थिक टेवा बनेको छ। साथै केन्या विश्वको चौथो ठूलो फूलको निर्यात मुलुक हो। सन् २०१७ मा केन्याको फूल बजारले ८२ करोड अमेरिकी डलरको किर्तिमान खडा गरेको थियो र सन् २०१६ को तुलनामा २० प्रतिशतले वृद्धि भएको थियो। केन्याको फूल समितिका जिम्मेवार व्यक्तिले केन्याको फूल व्यापारमा देखिएको वृद्धिको एक महत्वपूर्ण कारण चीन र एशियाली बजारको फूल माग भएको बताउनुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु