प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर 5 तारिख शाङ्गहाईमा भब्यताका साथ शुरु भएको छ। केही दिनयता पश्चिमी सञ्चार-माध्यमहरूले सो एक्स्पोका समाचारलाई निकै महत्व दिएका छन्। ती पश्चिमी सञ्चार-माध्यमहरूले चीनले खुल्लापनको विस्तार गर्ने अठोट, चालेको कदम र खुलस्त चिनियाँ बजारबाट विभिन्न मुलुकले पाउने नयाँ अवसरको प्रशंसा गरेका छन्।
इटलीको "मिलानो फिनान्जा" अखवारले राष्ट्राध्यक्ष सी चिन फिङले घोषणा गर्नुभएको खुलापनको विस्तार गर्ने र आयातलाई प्रबर्द्धन गर्ने पाँचवटा कदमबारे चर्चा गरेको छ।
पोर्चुगलको प्रेस समितिका अध्यक्ष जोआन पाल्मेरिओले एक्स्पोको उद्धाटन समारोह स्थलमै राष्ट्राध्यक्ष सी चिन फिङको महत्वपूर्ण सम्बोधन सुन्नुभयो। वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति जटिल, बदलिंदो र एकपक्षीयतावादतिर उठ्दै गएको पृष्ठभूमिमा राष्ट्राध्यक्ष सीको समुद्र धारणा निकै उपयुक्त रहेको ठहर व्यक्त गर्नुभएको छ।