फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अक्टोबरमा चिनियाँको उपभोग्य मूल्यमा 2 दशमलब 5 प्रतिशतले बृद्धि

(GMT+08:00) 2018-11-09 15:38:19

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले आज नोभेम्बर 9 तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत अक्टोबर महिनामा चिनियाँ बासिन्दाको उपभोग्य मूल्य अङ्क अर्थात् सीपीआइ गत वर्षको सोही अवधिको तुलनामा 2 दशमलब 5 प्रतिशतले बृद्धि भएको छ भने बृद्धि दर सेप्टेम्बर महिना बराबर रहेको देखिन्छ। औद्योगिक उत्पादकअनुसार कारखानाबाट निस्कने मूल्य अङ्क अर्थात् पीपीआइ गत महिना र गत वर्षको सोही अवधिको तुलनामा बृद्धि दर दुवै नै तल झरेको देखिन्छ।

विशेषज्ञका अनुसार, हालको आपूर्ति र चाहना बीचको सन्तुलित अवस्थाबाट हेर्दा उपभोग्य चाहना होस् वा उत्पादन र लगानीको चाहना सबैलाई स्थिर रुपमा कायम राखिएको छ। यी तथ्याङ्क अनुसार यस वर्षभित्र मूल्यको स्थिति स्थिर रहेको देखिन्छ।

प्राप्त जानकारी अनुसार, चीनका खाद्य-पदार्थ, औद्योगिक उपभोग्य वस्तु र उत्पादित सामग्री सम्बन्धी लगानी वस्तुको आपूर्ति क्षमता निकै बलियो रहेकाले त्यस दृष्टिबाट हेर्दा मूल्यलाई स्थिर रुपमा कायम राखिने कुरा नै एउटा स्पष्ट भविष्य हुनेछ।

जानकारी तथा लेखहरु