फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्वारा राष्ट्रिय मिलिजुली अग्नि नियन्त्रणटोलीलाई झन्डा वितरण

(GMT+08:00) 2018-11-09 16:40:05

चिनियाँ राष्ट्रिय मिलिजुली अग्नि नियन्त्रण र उद्धार टोलीलाई झण्डा वितरण समारोह आज नोभेम्बर नौ तारिख जन वृहत सभा भवनमा आयोजित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले टोलीलाई झण्डा वितरण गरेर निर्देशन पनि दिनुभएको छ। निर्देशनमा उहाँले जोड दिँदै राष्ट्रिय मिलिजुली अग्नि नियन्त्रण र उद्धार टोली गठित गरेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले राष्ट्रिय शासन प्रणाली र शासन क्षमता आधुनिकिकरण बनाउने अनुरुप गरेको रणनीतिक निर्णय रहेको बताउनुभएको छ। यसले प्रकोपको प्रतिरोध र उद्धारको क्षमतालाई उकास्ने, सामाजिक सार्वजनिक सुरक्षाको संरक्षण गर्ने र जनताको जिउधनको संरक्षण गर्नेमा महत्वपूर्ण कार्य निर्वाह गर्ने रहेको राष्ट्राध्यक्ष सीले निर्देशनमा व्यक्त गर्नुभएको छ।

हालै 'राष्ट्रिय मिलिजुली अग्नि नियन्त्रण र उद्धार टोलीको स्थापना गर्ने प्रारुप मसौदा'अनुसार, प्रहरीको अग्नि नियन्त्रण टोली, सशस्त्र प्रहरीको वनसंरक्षण टोलीले राष्ट्रिय मिलिजुली अग्नि नियन्त्रण र उद्धार टोलीको पुनर्गठन गरेको हो।

जानकारी तथा लेखहरु