|
|
|
|||||||||
|
||

प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सबैभन्दा आकर्षक खाद्य-पदार्थ र कृषि उत्पादित वस्तु प्रदर्शनी हलमा विकासोन्मुख मुलुक र सबभन्दा अविकसित मुलुकका व्यापारीहरूले सक्रियताका साथ आ-आफ्नो विशेषतायुक्त वस्तुको प्रचार-प्रसार गरेका छन्। उनीहरूका विशेषतायुक्त सामानहरूले अधिकांश व्यापारीलाई पनि आकर्षित गरेका छन्।

एउटा फूल मात्र फुलेको वसन्त होइन। बरु सबै फूल फुलेपछि मात्र वसन्त आउन सक्छ। त्यो कुरा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले धेरै अन्तर्राष्ट्रिय स्थानमा गर्नुभएको आह्वान नै हो। उहाँको त्यो आह्वान यस पटकको आयात एक्स्पोमा तथ्य बनेको देखिन्छ। विकसित मुलुकहरूले विभिन्न किसिमका उच्चस्तरीय र अग्र प्रविधि तथा उत्पादित वस्तु देखाउनुका साथै विकासोन्मुख मुलुक र सबभन्दा अविकसित मुलुकहरूले आ-आफ्ना विशेषतायुक्त उत्कृष्ट उत्पादन पनि ल्याएका छन्।

तीमध्ये खाद्य-पदार्थ, कृषि उत्पादित वस्तु, लुगाफाटा, दैनिक उपभोग्य वस्तु, प्रशस्त पर्यटन स्रोत र ऐतिहासिक तथा सांस्कृतिक सामग्रीहरू पनि समावेश छन्। यस अवस्थाबाट के प्रतिबिम्बित गरिएको छ भने सुखमय जीवनको सिर्जना गर्नु नै विभिन्न मुलुकका जनताहरूको साझा अभिलाषा हो। विकासको बाटोमा कसैलाई पनि छोड्नु हुँदैन। राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको "मानव जातिको भाग्यको एकरुपता"को स्थापना गर्ने विचारधाराले त्यस अभिलाषा पूरा हुनका लागि सही दिशा र उपाय देखाएको छ।

के भन्नसकिन्छ भने चीन र विभिन्न मुलुकका साझा प्रयासमार्फत यस पटकको आयात एक्स्पो विश्वव्यापीकरण हुने रङ्गीचङ्गी फूल फुलेको ठूलो बगैंचा बनिसकेको देखिन्छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||