फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली हस्तकलाको दायरा बढ्दै

(GMT+08:00) 2018-11-11 15:06:34

नेपाली हस्तकलाको व्यापार अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ। छिमेकी मुलुकहरू चीन र भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने हस्तकलाका सामग्री स्वदेशी बजारमा पनि उत्तिकै खपत हुने गरेको कारोबार अनलाइद्दले लेखेको छ। स्वदेशी बजारमा आयातित वस्तुको बाहुल्यता भए पनि हस्तकलाका सामग्रीमा उपभोक्ताको रुची बढ्दै गएको छ। घर, कार्यालयमा सजावटदेखि उपहारसम्म हस्तकलाका सामग्री प्रयोग गर्नेहरूको संख्यामा बढ्दै गएको हो।

खासगरी अल्लोका कपडा, बाँसका सल, माटाका भाँडा, थान्का, ऊन, हातेकागज, मूर्तिकला तथा धातुका सामग्रीको प्रयोग बढेको छ। हस्तकलाका सामग्री निर्यात बराबर नै आन्तरिक बजारमा खपत हुने गरेको छ। हस्तकला नेपालको मौलिकपनाको चिनारी पनि हो। नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा यिनै हस्तकलाका सामानले समेत चिनाउँछन्। नेपालमा बन्ने ढुंगाका मूर्ति, काष्ठकला, पश्मिना, ऊन, रेशम, कटन, अल्लो, ढाका, ढलोट, चाँदी, हातेकागजलगायतका सामग्री विदेश निकासी हुनेमा अगाडि छन्। विशेषगरी नेपाली पश्मिना र चाँदीका गहनाको गुणस्तरले लागि विश्वभर ख्याति कमाएका छन्।

नेपाली हस्तकलाका सामग्री ६० भन्दा धरै देशमा ४२ आइटममा निर्यात हुन्छ। अमेरिका, जर्मनी, चीन, भारत, जापान, वेलायत र क्यानडा नेपाली हस्तकला निर्यात हुने मुख्य देश हुन्। हस्तकलाका सामग्रीको बजार वार्षिक १५ प्रतिशतको हाराहारीमा बढेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारकै हारहारीमा आन्तरिक बजारमा पनि हस्तकलाका सामग्रीको प्रयोग बढ्दो भएको महासंघले तथ्यांक छ। आन्तरिक बजारमा पर्याप्त संभावना भएकोले हस्तकला क्षेत्रलाई सरकारले नीतिगत रूपमा सुधार गरी आन्तरिक बजारमै रोजगारी बढाउन पहल गर्नुपर्ने देखिएको सरोकारवालाको भनाइ छ। महासंघको तथ्यांकअनुसार हस्तकलामा संलग्न प्रत्यक्ष तथा अप्रत्य गरी ११ लाखले रोजगारी पाएका छन्।

नेपालमै पनि सजावटका लागि हस्तकलाको सामग्री प्रयोग गर्ने प्रचलन बढेको छ। नेपाल घुम्न आउने पर्यटकहरूले चिनोका रूपमा हस्तकलाकै सामग्री रोज्ने गर्छन्। कतिपय विदेशी राष्ट्रप्रमुख तथा महत्वपूर्ण व्यक्तिलाई दिइने उपहारमा पनि हस्तकलाकै सामान पर्ने गरेका छन्। सरकारले पनि नेपाली उत्पादनलाई बढावा दिने उद्देश्यले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गुर्नपर्ने व्यवस्था गरेको छ। नीतिगत रूपमा व्यवस्था भए पनि कार्यान्वयनमा जान नसक्दा स्वदेशी उत्पादनको दायरा फराकिलो हुन सकेको छैन।

महासंघले हस्तकलाको दायरा फराकिलो पार्ने उद्देश्यले बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला तथा १४ औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आयोजना गर्ने भएको छ। महासंघका अनुसार गत झन्डै १० अर्ब रुपैयाँ बराबरको हस्तकला निर्यात भएकोमा सोही बराबर नै नेपाली बजारमा खतप भएको छ। निर्यात भएको सामग्रीमध्ये अनौपचारिक रूपमा पनि धेरै जाने हुँदा तथ्याङमा सवै समावेश गर्न नसकिएको महासंघले जनाएको छ। काष्ठकला, धातुकला, मूर्तिकला, पश्मिना, ऊन रेशम, कटन, अल्लो ढलोट, हातेकागजजस्ता सामान विदेशमा मुख्यतः निर्यात हुन्छन्। विदेशी बजारसरह नेपालमा पनि हस्तकलाका समानको खपत बर्सेनि बढ्दो छ। महासंघका ७ सयभन्दा धेरै हस्तकलाका उद्योग दर्ता छन्। निर्यातका गरिने सामग्रीको मूल्यांकन महासंघले गर्दै आएको छ। तराईदेखि हिमाली भेगसम्म मौलिक हस्तकलाका सामग्री उत्पादन हुन्छन्। सानो लगानीमा सञ्चालन हुनसक्ने भएकोले परिवार मिलेर पनि व्यवसायमा आवद्ध हुन सक्छन्। पछिल्लो सयम फेल्टका हटवाटर ब्याग, हाते ब्याग, ठूलो झोला, विभिन्न साइजका जुत्ता र टोपीको उत्पादनमा व्यवसायी आर्कषित भएका छन्। बालबालिकाहरूका लागि फेल्टका विभिन्न खेलौना, ब्याग, कार्पेट, बल, चकटीको प्रयोग बढ्दो छ।

जानकारी तथा लेखहरु