फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात एक्स्पोबाट विश्व दीर्घ रुपमा लाभान्वित

(GMT+08:00) 2018-11-11 16:45:51

नोभेम्बर 10 तारिख प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो शाङ्गहाईमा सम्पन्न भएको छ। 6 दिनसम्मको अवधिमा 1 सय 72 वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनले एक्स्पोमा भाग लिएका छन् भने 3 हजार 6 सयभन्दा बढी व्यवसायहरू प्रदर्शनीमा सहभागी भएका छन्। यसबाहेक 4 लाखभन्दा बढी स्वदेशी र विदेशी व्यापारीहरूले एक्स्पोमा व्यावसायिक छलफल गरेका छन्। यस्तो आर्थिक र व्यापारिक उपलब्धि विश्व आर्थिक-व्यापारिक इतिहासमा पनि बिरलै देखिएको छ। विभिन्न मुलुकका व्यापारीहरूले "बिदा माग्न नचाहेको" र "आउँदो वर्ष फेरि भेटौँला" भन्ने आशा व्यक्त गरेका छन्।

आयात एक्स्पोको आयोजना गर्ने कुरा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले गत सन् 2017 "बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय सहकार्य सम्बन्धी शिखर मञ्चमा घोषणा गर्नुभएको हो। सो एक्स्पोबाट प्राप्त उपलब्धि र हस्तान्तारण गरिएका सकारात्मक संकेतबाट समस्त विश्वका लागि दीर्घ रुपमा लाभान्वित भएको छ।

नयाँ युगमा भविष्यको साझा उपभोग भन्ने मुख्य नारा रहेको प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको सफल आयोजना विविध मुलुकको विकास चाहना अनुकूल भएको मात्र नभई त्यसले खुलापन र सहकार्यका लागि एउटा नयाँ चौतारोको पनि स्थापना गरेको छ।

जानकारी तथा लेखहरु