फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र अमेरिकाबीच द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनको प्रयास

(GMT+08:00) 2018-11-12 15:22:43

नेपाल र संयुक्त राज्य अमेरिकाबीच द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनका लागि गठन भएको व्यापार तथा लगानीसम्बन्धी ढाँचा सम्झौता (ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) को बैठक मंगलबार वासिंगटनमा हुने भएको छ।

सन् २०११मा टीफामा हस्ताक्षर भएयता यस संयन्त्रको तीनवटा बैठक भएका छन्। चौथो बैठकमा पनि तेस्रो बैठकमा झै नेपाली पक्षले अमेरिकी लगानी प्रवर्द्धन, नेपालले अमेरिकी सरकारबाट शून्य भन्सार सुविधा प्राप्त गरेका ७७ वस्तुको निकासी प्रवर्द्धन, अन्तर्राष्ट्रियरूपमा मान्यताप्राप्त प्रयोगशाला स्थापना तथा बौद्धिक सम्पत्ति संरक्षणका लागि संस्थागत र कानुनी सुधार तथा कर्मचारीको क्षमता विकासमा अमेरिकी सरकारको सहयोगका लागि पहल गर्ने गरी टिफा बैठकको एजेन्डा तय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए।

यो संयन्त्रको बैठक हरेक वर्ष एक अर्को मुलुकमा आलोपालो बस्ने तय भएको छ। गत वर्षदेखि यो संयन्त्रको बैठक नियमित भइरहेको छ। बैकठमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे र अमेरिकी सरकारका तर्फबाट युनाइटेड स्टेट्स ट्रेड रिप्रिजेन्टेटिभ (यूएसटीआर)का उच्च अधिकारी सहभागी हुने बताइएको अन्नपूर्ण पोस्टले लेखेको छ।

जानकारी तथा लेखहरु