फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको तराइ क्षेत्रमा परम्परागत छठ पर्व मनाइँदै, राष्ट्रपतिको शुभकामना

(GMT+08:00) 2018-11-13 14:14:24

आज तराइको परम्परागत छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइँदैछ। राजधानीका आठ स्थानमा पनि छठका लागि विशेष व्यवस्था गरिएको छ। बुधबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुन्छ। विगत वर्षझैँ यो वर्ष पनि तराई र काठमाडौँमा समेत हर्षोल्लासका साथ यो पर्व मनाइने तयारी गरिएको हो। राजधानीमा आयोजित छठ समारोहमा दुई ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता हुने भएको छ।

छठ पर्वमा पहाडी समुदायको सहभागिता हरेक वर्ष बढ्दै गएको छ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

यसै अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले 'अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक र पवित्र पर्व छठले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासनाका साथ मनाइने 'छठ पर्व'का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यरुपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालेकामा खु्शी व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु