फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले चीनलाई उपहारस्वरुप दिएका दुई जोडी गैंडा स्वस्थ, तोकिएको स्थानमा राखिँदै

(GMT+08:00) 2018-11-13 14:14:43

नेपालले उपहारस्वरुप दिएको दुई जोडी गैंडालाई चीनले तोकिएको स्थानमा राखेको छ। भद्र र रुपसीको जोडीलाई क्वाङ्चौको चिमिलोङ सफारी पार्कमा तथा सोल्टी र मितिनीलाई शाङ्हाई वाइल्ड एनिमल पार्कमा राखिएको हो।

'नेपालले चीनलाई दिएका सबै गैंडा स्वस्थ छन्, उनीहरुलाई क्वारेन्टाइनमा राखेपछि सम्झौतामा उल्लेख भएअनुसार तोकिएको स्थानमा राखिएको जानकारी चीनले दिएको छ,' राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भन्नुभएको अनलाइनखबरले लेखेको छ।

त्यसअघि ती गैंडाहरुलाई ४५ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो। गत असार २८ गते एक सिंगे गैंडाको जोडी भद्र र रुपसी चीनलाई हस्तान्तरण गरिएको थियो। गैंडाको अर्को जोडी सोल्टी र मितिनीलाई साउन ३२ गते चीनलाई हस्तान्तरण गरिएको थियो। दुवै जोडी गैंडालाई हवाईजहाजमा राखेर चीन लगिएको थियो।

२०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो।

जानकारी तथा लेखहरु