फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनी र पशुपतिनाथ मन्दिर वर्ल्ड बुक रेकर्डमा सूचीकृत

(GMT+08:00) 2018-11-13 14:15:02

बुद्धको जन्मथलो लुम्बिनी र पशुपतिनाथ मन्दिर वर्ल्ड बुक रेकर्डमा सूचीकृत भएका छन्। वर्ल्ड बुक अफ रेकर्ड संस्थाले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सूचीकृत गरेको प्रमाणपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई हस्तान्तरण गरेको छ।

विश्वमै फरक पहिचान बोकेका ऐतिहासिक तथा धार्मिकस्थल पशुपतिनाथ र लुम्बिनीको थप संरक्षण गरी विश्वव्यापी बनाउन सूचीमा राखिएको संस्थाका संरक्षकसमेत रहेका भारतीय जनता पार्टीका नेता तथा सांसद कलराज मिश्रले लुम्बिनी क्षेत्र विकास कोष र पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री अधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुभयो। इङल्यान्डमा स्थापित यो संस्थाको अस्ट्रेलियालगायत ७० देशमा शाखा स्थापना भइसकेको संस्थाका अध्यक्ष सन्तोष शुक्लले बताउनुभयो।

पशुपतिनाथको महत्व र ऐतिहासिक पृष्ठभूमिले विश्वलाई आर्कषित गर्ने, शान्तिका दूत गौतमबुद्धको जन्मथलो लुम्बिनीले शान्तिको सन्देश दिने भएकाले सूचीबद्ध गर्ने संस्थालाई मन्त्री अधिकारीले धन्यवाद दिनुभयो। अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार पशुपतिनाथ मन्दिर र लुम्बिनीलाई युनेस्कोले यसअघि नै विश्व सम्पदामा सूचीकृत गरी संरक्षण सुरु गरिसकेको छ।सूचीमा राख्नु पर्ने अनेकौं पुरातात्विक महत्वका स्थल नेपालका रहेको भन्दै प्रचारप्रसारमा सघाउन मन्त्री अधिकारीले आग्रह गर्नुभयो।

जानकारी तथा लेखहरु