फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पहिलो पटक चीनको "तीन भिक्षुहरु" नामक कार्टुन प्रदर्शन

(GMT+08:00) 2018-11-13 16:59:24

चिनियाँ बालबालिका कला थिएटरका नामी कार्टुन नाटक "तीन भिक्षुहरु" बाह्र तारिख नेपालको एल.आर.आई अन्तर्राष्ट्रिय स्कूलमा पहिलो पटक प्रदर्शन गरिएको छ।

चिनियाँ बालबालिका कला थिएटरको सहयोग विकास विभागका प्रमुख सुन ली छङले यस प्रदर्शनबाट चीन र नेपालका बालबालिकाहरुबीचको आदान-प्रदानलाई बढाउने आशा व्यक्त गर्नुभयो।

नेपालको चिनियाँ सँस्कृति केन्द्रका प्रमुख यन खुङ सुङले "तीन भिक्षुहरु" नाटकबारे जानकारी दिनुभयो। उहाँले नेपाली बालबालिकाहरुले चीनको नाटकबाट झन् बढी जानकारी पाउनसक्ने विश्वास व्यक्त गर्नुभयो।

थाहाभए अनुसार, सन् 2011को नोभेम्बरमा नेपालको एल.आर.आई अन्तर्राष्ट्रिय स्कूलमा कन्फ्युसियस कक्षा शुरु भएको थियो।

जानकारी तथा लेखहरु