फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र सिंगापुरले वास्तविक कार्यमार्फत् स्वतन्त्र व्यापारलाई कडा समर्थन गर्ने चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ताको धारणा

(GMT+08:00) 2018-11-13 16:59:49

बाह्र तारिख चीन र सिंगापुरले "स्वतन्त्रता व्यापार सम्झौता सम्बन्धी सम्झौता पत्र"मा हस्ताक्षर गरेका छन्। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले तेह्र तारिख यो सम्झौता पत्रमा हस्ताक्षर गर्दै चीन र सिंगापुर द्विक्षीय व्यापारिक आर्थिक सहयोगलाई अझ सबल पार्ने, चीन-सिंगापुरबीच वास्तविक कार्यमार्फत् स्वतन्त्र व्यापारको कडा समर्थन गर्ने धारणा व्यक्त गर्नुभयो।

आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले यो सम्झौता पत्रमा हस्ताक्षर गरेकोमा चीन र आशियानबीचको रणनैतिक साझेदारी सम्बन्धलाई अघि बढाउने औंल्याउनुभयो। उहाँले सम्झौता पत्रमा "एक पेटी एक मार्ग" सहयोग सम्बन्धि विषयलाई पहिलो पटक राखिएको जानकारी दिनुभयो। उहाँले "एक पेटी, एक मार्ग"बाट दुवै पक्षको चौतर्फी रुपमा सहयोग, साझा विकासको लक्ष्यलाई साकार तुल्याउने र क्षेत्रीय शान्तिपूर्ण विकासलाई अघि बढाउने महत्वपूर्ण अर्थ रहेको बताउनुभयो।

उहाँले चीनले सिंगापुर लगायत विश्वका विभिन्न मुलुक सँग-सँगै बहुपक्षीय व्यापार प्रणाली निरन्तर रुपमा सुरक्षित गर्ने, व्यापार र लगानी स्वतन्त्रता र सुविधा बढाउनेमा जोड दिनुभयो।

जानकारी तथा लेखहरु