फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा सुधार तथा खुलापनको चालीसौँ वर्ष सम्बन्धी वृहत् प्रदर्शनीको अवलोकन

(GMT+08:00) 2018-11-13 19:00:42

यसै वर्ष चीनको सुधार तथा खुलापन नीति संचालन भएको चालीसौँ वर्षगाँठ हो। नोभेम्बर तेह्र तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले राष्ट्रिय संग्रहालय गएर "महा परिवर्तन—सुधार तथा खुलापन भएको चालीसौँ वार्षिकोत्सव वृहत् प्रदर्शनी"को अवलोकन गर्नुभएको छ।

सो अवसरमा सीले सुधार तथा खुलापनको चालीस वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले देश र राष्ट्रको विकास गरी ठूलो विकास गरेको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा विकास ब्लुप्रिन्टको तयारी भएको बताउँदै उहाँले नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादी विचारधाराको निर्देशनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको व्यवस्थापनको सम्पूर्ण रुपमा पालना गरेर सुधार तथा खुलापन अझै विस्तृत पारेको खण्डमा चिनियाँ विशेषतायुक्त सामाजवादको अझै राम्रो भविष्य आउने विश्वास सीले प्रकट गर्नुभयो। यो प्रदर्शनीबाट चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्त र सुधार तथा खुलापन नीति सही भएको देखिनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ विशेषतायुक्त समाजवादी बाटो र सुधार तथा खुलापनको बाटोमा लाग्ने विश्वास र अठोटलाई सुदृढ पारिने सीले दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु