फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

देशको भविष्यप्रति चिनियाँको आशावाद कहाँबाट पलाएको हो?

(GMT+08:00) 2018-11-13 19:34:23

बेलायतको इकनोमिक इन्टेलिजेन्स् युनिटले विश्वका पचास वटा मुलुकका नागरिकको आधारमा गरेको जाँच प्रतिवेदन सार्वजनिक गरेअनुसार,सर्वेक्षणमा सहभागी 91.4 प्रतिशत चिनियाँले देशको भविष्यमाथि आशावादी धारणा राखेका छन् र उनीहरुको विचारमा आगामी दश वर्षमा चीनको अरु विकास भएर अझ राम्रो समाज बन्दै जाने विश्वास रहेको छ।

यस वर्ष चीनको सुधार तथा खुलापनको चालीसौँ वार्षिकोत्सव हो। चीनका नेता सी चिनफिङले चीन तथा विश्वलाई गहिरो रुपमा परिवर्तन गर्ने ठान्नुभएको उक्त कार्यलाई चीनको दोस्रो क्रान्तिको रुपमा मानिन्छ। इकनोमिक इन्टेलिजेन्स युनिटको उक्त जाँचबाट चालीस वर्षयताको सुधार तथा खुलापनबाट चिनियाँमा ल्याइएको सम्पत्ति र अधिग्रहणको महसुस भएकोले आजकाल धेरैजसो चिनियाँले देशको भविष्य विकासमाथि आशावादी धारणा राखेको प्रतिबिम्बित भएको छ।

साथै चीनको सामाजिक विकाससमक्ष पनि धेरै कठिनाइ र समस्या देखिन्छन्। भविष्यमा चीन सरकारले देखापरेका ठूला जोखिम, गरिबी निवारण, प्रदूषण नियन्त्रणलाई अझै प्रयास गरी अझै उच्चस्तरीय विकास गर्नेछ।

जानकारी तथा लेखहरु