फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीको लेख पपुवान्यूगिनीका संचारमाध्यममा प्रकाशित

(GMT+08:00) 2018-11-14 16:25:21

पपुवान्यूगिनीको राजकीय भ्रमण अघि चौध तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पपुवान्यूगिनीका संचारमाध्यममा एउटा लेख प्रकाशित गर्नुभएको छ।

लेखमा उहाँले पपुवान्यूगिनीमा राजनैतिक भ्रमण गर्ने र त्यहाँ हुने एशिया प्रशान्त आर्थिक सहयोग संगठनको 26औं नेतास्तरीय अनौपचारिक सम्मेलनमा भाग लिने उल्लेख गर्नुभएको छ। लेखमा उहाँले पपुवान्यूगिनीको प्राकृतिक ऊर्जा श्रोत समृद्धि र विकासको सम्भावित शक्ति भएको उल्लेख गर्नुभएको छ।

उहाँले चीन र पपुवान्यूगिनीबीचको मित्रता राम्रो रहेको उल्लेख गर्दै सन् 1976 मा दुवै मुलुकबीच दौत्यसम्बन्ध स्थापना भएदेखि दुवै मुलुकले आपसी सम्मान र आपसी हितको साझा समृद्धि गरेको बताउनुभयो।

उहाँले केही समयदेखि दुवै मुलुकबीचको सम्बन्ध उच्च गतिले विकासको नयाँ चरणमा प्रवेश गरेको तथा प्रशान्त टापू मुलुकहरुमध्ये पपुवान्यूगिनी व्यापारिक साझेदारीमा चीनका लागि पहिलो ठूलो मुलुक भएको उल्लेख गरिएको छ। उहाँले यस पटकको भ्रमणबाट दुवै मुलुक बीचको सम्बन्धमा अझ विकास हुने आशा गर्नुभएको छ।

जानकारी तथा लेखहरु