फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीले भोलिदेखि एशिया प्रशान्त क्षेत्रको भ्रमण गर्नुहुने

(GMT+08:00) 2018-11-14 16:25:53

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पन्ध्र तारिखदेखि एक्काईस तारिखसम्म पपुवान्यूगिनी, ब्रुनाई र फिलिपिन्स राजकीय भ्रमण गर्नुहुने भएको छ। त्यस अवसरमा उहाँले पपुवान्यूगिनीमा दौत्यसम्बन्ध स्थापना भएका प्रशान्त टापू मुलुकका नेताहरुसँग भेट-वार्ता गर्नुहुने छ। यसका साथै उहाँले पपुवान्यूगिनीमा आयोजना हुने एशिया प्रशान्त आर्थिक सहयोग संगठनको 26औं नेतास्तरीय अनौपचारिक सम्मेलनमा सहभागिता जनाउनुहुनेछ।

प्रशान्त टापू देशहरु एशिया प्रशान्त क्षेत्रका महत्वपूर्ण सदस्य हुन् भने विकासोन्मुख मुलुकहरुमध्ये महत्पूर्ण देश पनि हुन्। सन् 2014मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फिजीमा आठ वटा चीनसँग दौत्य सम्बन्ध स्थापित देशका नेताहरूसँग भेट-वार्ता गर्नुभएको थियो। चार वर्षदेखि चीन र प्रशान्त टापू देशले उच्च गतिले विकास गरिरहेका छन्। राष्ट्राध्यक्ष सीको यस पटकको भ्रमणबाट दुवै पक्षबीचको सम्बन्धलाई अझ बढाउने अपेक्षा छ।

जानकारी तथा लेखहरु