फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया प्रशान्त अन्तरिक्ष सहयोग संगठन स्थापनाको दशौं वार्षिकोत्समा चीनका राष्ट्राध्यक्ष सीको शुभकामना

(GMT+08:00) 2018-11-14 16:26:23

एशिया प्रशान्त अन्तरिक्ष सहयोग संगठन स्थापना भएको दशौं वार्षिकोत्सव सम्बन्धी बैठक चौध तारिख चीनको पैचिङमा आयोजित भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बैठकमा हार्दिक बधाई पत्र पठाउनुभयो।

पत्रमा उहाँले अन्तरिक्ष मानिसहरुको साझा सम्पत्ति हो भन्दै चीनले विश्वका विभिन्न मुलुकबीच आपसी समानता, आपसी हित, शान्तिपूण प्रयोग, समावेशी विकासको आधारमा अन्तरिक्ष क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्ने आशा व्यक्त गरेको लेख्नुभएको छ।

उहाँले एशिया प्रशान्त अन्तरिक्ष सहयोग संगठन र विभिन्न सदस्य मुलुकहरुले अन्तरिक्ष प्रविधि क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गर्दै चीनले एशिया प्रशान्त अन्तरिक्ष सहयोग संगठनको कामलाई निरन्तर रुपमा समर्थन गरिरहेको औंल्याउनुभयो।

जानकारी तथा लेखहरु