फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा चीनको सुधार र खुलापन चालीसौं वार्षिकोत्सव सम्बन्धि हङ्कङ् र मकाउका प्रतिनिधि मण्डलसँग भेट-वार्ता

(GMT+08:00) 2018-11-14 16:27:34

राष्ट्राध्यक्ष सी चिन फिङले बाह्र तारिख चीनको सुधार र खुलापनको चालीसौं वार्षिकोत्सव सम्बन्धि हङ्कङ् र मकाउका प्रतिनिधि मण्डलसँग भेट-वार्ता गर्दै महत्वपूर्ण सम्बोधन दिनुभयो। उहाँको सम्बोधनको हङ्कङ्मा न्यानो प्रतिक्रिया जनाइएको छ।

हङ्कङ् विशेष प्रशासनिक क्षेत्रका कार्यकारी लिन चङ यो अले भेट-वार्तामा सहभागी भएका जनता प्रतिनिधिहरू प्रोत्साहित भएको भन्दै राष्ट्राध्यक्ष सीले हङ्कङ्का जनता र व्यवसायीले विगत ४० वर्षमा दिएको योगदानको सकारात्मक मूल्यांकन गरेकोमा प्रसन्नता प्रकट गर्नुभयो।

हङ्कङ् एक्सचेन्ज तथा क्लियरिङ ग्रुपका प्रशासनिक अध्यक्ष ली स्याउ च्याले राष्ट्राध्यक्ष सीले भेट-वार्तामा हङ्कङ्द्वारा मुलुकका लागि दिइएको योग्दानको उच्च मूल्यांकन गरेबाट गहिरो प्रोत्साहन मिलेको बताउनुभयो।

जानकारी तथा लेखहरु