फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ र क्यानडाका प्रधानमन्त्रीबीच भेट-वार्ता

(GMT+08:00) 2018-11-14 16:28:01

चीनका प्रधानमन्त्री ली खछ्याङ सिंगापुरमा पूर्वी एशिया सहयोग सम्बन्धी नेताबीचको क्रमवद्ध सम्मेलनमा सहभागी हुनुभएको छ। सो अवसरमा उहाँले चौध तारिख विहान क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूड्यौसँग भेट-वार्ता गर्नुभयो।

प्रधानमन्त्री लीले चीन र क्यानडा आपसी महत्वपूर्ण सहयोगी साझेदार भएको भन्दै दुवै मुलुकबीचको सम्बन्ध स्थिर रुपमा विकास तथा विभिन्न क्षेत्रका वार्ता र सहयोगमा सकारात्मक प्रतिक्रिया हासिल गरेको बताउनुभयो। उहाँले चीनले आपसी आदरको आधारमा दुवै मुलुकबीचको रणनैतिक साझेदारी सम्बन्धलाई अझ बढाउने आशा व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ट्रूड्यौले क्यानडा र चीनबीचको सम्बन्ध राम्रोसँग विकसित भएको भन्दै दुवै मुलुकका जनताबीच आदान-प्रदान घनिष्ट भएको बताउनुभयो। उहाँले क्यानडाले चीनसँग स्वतन्त्र व्यापार सम्झौता वार्तालाई बढाउने, विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने र दुवै मुलुकका जनतामाझ अझ बढी हित ल्याउने औंल्याउनुभयो।

जानकारी तथा लेखहरु