फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली खछ्याङ सिंगापुर उद्योग र वाणिज्य क्षेत्रको भोजमा सरिक

(GMT+08:00) 2018-11-14 16:28:25

चीनका प्रधानमन्त्री ली खछ्याङले तेह्र तारिख राति सिंगापुर उद्योग वाणिज्य क्षेत्रले गरेको स्वागत भोजमा सहभागी भएर सम्बोधन गर्नुभएको छ।

उहाँले विगत ४० वर्षभित्र चीनले खुलापन र सुधार गर्दै पूर्ण परिवर्तन गरेको सुनाउँदै सिंगापुरको विकासमा पनि लगातार नयाँ उपलब्धीहरु हासिल भएको बताउनुभयो। उहाँले चीनले सिंगापुर सँगसँगै आर्थिक र व्यापारिक सहयोगलाई सबल पार्ने, क्षेत्रीय सहयोगलाई नयाँस्तरमा उकास्ने औंल्याउनुभयो।

उहाँले चीनको आर्थिक अवस्थाबारे पनि जानकारी दिनुभयो।

सिंगापुरका उद्योग तथा वाणिज्य क्षेत्रका लगभग एक हजार भन्दा बढी यो भोजमा सहभागी भएका थिए।

जानकारी तथा लेखहरु