फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी उप-राष्ट्रपतिको भनाइप्रति चीनको प्रतिकृया

(GMT+08:00) 2018-11-14 18:39:52

अमेरिकाका उप-राष्ट्रपति माइक पेन्सले इन्डो एशिया प्रशान्त क्षेत्रका सबै मुलुकले आ-आफ्नो बाटो छानेर आ-आफ्नो हित पछ्याउनसक्ने आशा लिनुका साथै इन्डो-एशिया प्रशान्त क्षेत्रमा अधिनायकवाद र आक्रमण गर्न नपाइने कुरा बताउनुभयो। त्यसको प्रतिकृयामा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अमेरिकाले आफूले भनेको कुरालाई व्यवहारमा उत्तार्न सक्ने आशा लिएको बताउनुभएको छ।

चौध तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। उहाँले सबै मुलुकले सार्वभौमिकता र भूभागको अखण्डताप्रति आपसी सम्मान गर्नुका साथै आपसमा आक्रमण नगर्ने र आपसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने धारणा चीनले लिएको उल्लेख गर्नुभयो। स्वभाविक रुपमा स्वदेशको अवस्था आधारित विकास बाटो छान्ने विभिन्न मुलुकको अधिकार रहेको छ र यो नै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको महत्वपूर्ण विषय रहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु