फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र आशियान सम्बन्ध सन् 2030 तर्फ मोडिने

(GMT+08:00) 2018-11-14 18:40:15

एकाइसौँ चीन-आशियान नेता सम्मेलन नोभेम्बर चौध तारिख सिङ्गापुरमा आयोजना भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङले आशियानका विभिन्न मुलुकका नेतासँग छलफल गरी चीन-आशियान रणनैतिक साझेदारी सम्बन्ध सन् 2030 इच्छापत्र पारित गर्नुभएको छ। यसरी नै चीन आशियानसँग दौत्य सम्बन्धको मध्यकालीन तथा दीर्घकालीन विकासको लागि योजना तयारीको पहिलो वार्ता साझेदार मुलुक बनेको छ।

विश्लेषकका अनुसार, चीन-आशियान रणनीतिक साझेदारी सम्बन्धी सन् 2030 इच्छापत्र पारित भएपछि भविष्यमा चीन र आशियानले वेल्ट एन्ड रोड इनिशियटिभ र "आशियान समुदायको इच्छा सन् 2025" बीचको मिलाप बढाउनका लागि राजनीतिक सुरक्षा, आर्थिक तथा व्यापारिक सहयोग, मानवीय आदान-प्रदान यी तीन क्षेत्रको निर्माणलाई सबल पार्नेछ।

चीनले आशियानसँग मिलेर सन् 2030 तर्फ विकास गरेबाट चीनको दीर्घकालीन विकास र लगातार खुलापनमा आशियानको विश्वास र चीनको उत्तरदायी ठूलो मुलुकको प्रतीकबारे आशियानको प्रशंसा देखिएको छ।

जानकारी तथा लेखहरु