फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली २१औं चीन-आशियान नेतास्तरीय सम्मेलनमा

(GMT+08:00) 2018-11-14 19:36:46

चीनका प्रधानमन्त्री ली खछ्याङ चौध तारिख विहान सिंगापुरमा एक्काईसौं चीन-आशियान नेता सम्मेलन अर्थात् चीन-आशियान रणनैतिक साझेदारी सम्बन्ध स्थापना भएको पन्ध्रौं वार्षिकोत्सव सम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनुभयो। प्रधानमन्त्री लीले आफ्ना सिंगापुरका समकक्षी ली सेन लोङसँग सम्मेलनको संयुक्त अध्यक्षता गर्नुभयो। आशियानका अरु नौ वटा मुलुकका नेता यस सम्मेलनमा सहभागी भएका छन्।

सो सम्मेलनमा "चीन-आशियान रणनैतिक साझेदारी सम्बन्ध सन् 2030 इच्छापत्र" पारित गर्दै प्रविधि, सिर्जना सहयोग संयुक्त वक्तव्य प्रकाशित गरिएको छ। सन् 2019 चीन-आशियान संचार आदान-प्रदान वर्ष घोषित गरिएको छ। प्रधानमन्त्री लीले हालको परिस्थितिमा चीन र आशियान चौतर्फि सहयोगलाई गहन रुपमा सबल पार्न, अझ उच्च स्तरीय रणनैतिक साझेदारी सम्बन्ध, अझ घनिष्ट चीन-आशियान भाग्य समुदायको निर्माण गर्नुपर्ने बताउनुभयो।

सम्मेलनमा सहभागी आशियानका नेताहरूले यस पटकको सम्मेलन धेरै अर्थपूर्ण रहेको, आशियान र चीनले आपसी हित सहयोग सम्बन्धित रहेको बताए।

आशियानको वर्तमान अध्यक्ष एवम् सिंगापुरका प्रधानमन्त्री लीले आशियान र चीनबीचको सम्बन्ध राम्रो रहेको बताउँदै दुवै पक्षबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध धेरै राम्रो तवरले विकसित भएर भविष्यमा दिगो विकासका साथै अझै व्यापकता पाउने बताउनुभयो।

जानकारी तथा लेखहरु