फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल प्रहरीलाई एसियाकै प्रतिष्ठित सूचना प्रविधि सम्बन्धी अवार्ड

(GMT+08:00) 2018-11-15 13:58:30

नेपाल प्रहरीले एसियाकै प्रतिष्ठित सूचना प्रविधि सम्बन्धी अवार्ड पाएको छ। जापानको एसियन ओसिनियन कम्प्यूटिङ इन्डट्री अर्गनाइजेसनले नेपाल प्रहरीलाई सन् २०१८ को 'डिजिटल गभर्मेन्ट अवार्ड' दिएको हो। विभिन्न ४ विधामा प्रदान गरिने अवार्ड मध्ये एक विधाको अवार्ड पाएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

टोकियोमा २२ कात्तिकमा कम्प्यूटर एसोसिएन नेपाल महासंघका सदस्य डा. अभिजित गुप्ताले एएसओसीआईओका अध्यक्ष डेबिड वाङबाट ग्रहण गरेको अवार्ड बुधबार आईजीपी सर्वेन्द्र खनाललाई हस्तान्तरण गरिएको छ।

यसअघि नेपाल प्रहरीले १ भदौमा स्वदेशमै 'आईसीटी अवार्ड–२०१८' पनि पाएको थियो। नेपाल प्रहरीले सूचना प्रविधिको उच्चतम् सदुपयोग गरेको भन्दै यो अवार्ड दिइएको अनलाइनखबरले लेखेको छ।

जानकारी तथा लेखहरु