फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'लुम्बिनी एक्स्पो-२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला'को तयारी शुरु

(GMT+08:00) 2018-11-15 13:58:49

बुटवलमा आगामी पुष ५ देखि १८ गतेसम्म सञ्चालन हुने 'लुम्बिनी एक्स्पो-२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला'को तयारी शुरु भएको छ। रुपन्देही व्यापार संघ र नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजना तथा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघको सह-आयोजनामा सञ्चालन हुने मेलाको तयारी शुरु भएको हो।

मुख्य आयोजक रुपन्देही व्यापार संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी मेलालाई सफल पार्न ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिएको छ। त्यससँग सम्बन्धित विभिन्न विषयगत ४२ वटा उपसमिति गठन गरी उपसमितिहरुले आवश्यक तयारी थालेको आयोजकले बतायो। 'स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार' भन्ने मुल नाराका साथ सञ्चालन हुने मेलामा करिब ६०० स्टल रहने मूल आयोजक समितिका संयोजक पदमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार मेलामा ८ लाख मानिसले अवलोकन गर्ने र करिब ५० करोडको कारोबार हुने अपेक्षा छ। अन्तर्राष्ट्रिय व्यापार मेलाले त्यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास ब्यक्त गर्नुभयो।

मेला १४ दिनसम्म संचालन हुने अनलाइनखबरले जनाएको छ।

जानकारी तथा लेखहरु