फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ संस्थाको सहयोगमा काठमाडौंमा एक महिने सिलाइबुनाइ तालिम शुरू

(GMT+08:00) 2018-11-15 17:03:05

चिनियाँ संस्थाको सहयोगमा नेपालको राजधानी काठमाडौंमा एक महिने सिलाइबुनाइ तालिम बिहीबारदेखि शुरू भएको छ। चीनको तिब्बत शान युआन अर्थात् गुड विल फाउन्डेसनको आयोजनामा भएको तालिममा कूल ५५ जना नेपाली महिलाहरूले ३० दिनसम्म सिलाइबुनाइ कार्यक्रममा सहभागिता जनाउने जनाइएको छ।

तालिमको उद्घाटन गर्दै नेपालका लागि चिनियाँ राजदूतावासको आर्थिक तथा व्यापारिक विभागका तृतीय सचिच चाइ च्यून फङले तालिमको औचित्यबारे प्रस्ट्याउँदै भन्नुभयोः 'व्यवहारिक क्षमता विकास गरी नेपाली महिलाहरूले सामाजिक सम्मान आर्जन गर्नसक्नेछन्। आर्थिक रूपमा समक्ष हुनेछन् र समाजका लागि योगदान पनि गर्न सक्नेछन्।'

कार्यक्रममा कीर्तिपुरका मेयर रमेश महर्जनले चीनमा यस्तो सहयोग प्राप्त भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयोः 'चीनले गरेको प्राविधिक तथा आर्थिक सहयोगप्रति धन्यवाद दिन चाहन्छु। इतिहासकालदेखि नै चीन-नेपाल सम्बन्ध सुमधुर थियो। तत्कालीन नेपाली राजा अंशु बर्माकी सुपुत्री भृकुटीले तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह गरेपछि अन्तरदेशीय सम्बन्ध अझ घनिष्ठ भयो।'

जानकारी तथा लेखहरु