फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार र खुलापनका महान् उपलब्धीहरूको गहन सारांश गर्नुपर्नेमा राष्ट्राध्यक्ष सी चिनफिङको जोड

(GMT+08:00) 2018-11-15 18:27:25

चीनका राष्ट्राध्यक्ष एवम् चौतर्फी सुधार तथा खुलापन केन्द्रिय समितिका प्रमुख सी चिनफिङले हिजो चौध तारिख दिउँसो केन्द्रिय समितिको पाँचौं सम्मेलनको अध्यक्षता गर्नुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

उहाँले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विचारधारामा सुधार र खुलापनको महान उपलब्धिहरूको मूल्यवान अनुभवलाई गहन रूपमा सारांश गर्नुपर्ने बताउनुभयो। नेता र सर्वसाधारणले सुधार र खुलापनको महत्वपूर्ण अर्थ र महान उपलब्धिहरुबारे पूर्णरूपमा बुझ्नुपर्नेमा पनि सीले जोड दिनुभयो। उहाँले नयाँ युगमा सुधार तथा खुलापनलाई अझ अगाडि बढाउने पनि बताउनुभयो।

सम्मेलनमा "हाइनान प्रान्तीय सिर्जना विकास सम्बन्धी रणनीति साकार तुल्याउने सम्झौता", "हाइनान प्रान्तीय अन्तर्राष्ट्रिय पर्यटन उपभोग केन्द्रको निर्माणलाई साकार तुल्याउने सम्झौता", "सरकार खरिद प्रणालीको सम्झौताको गहन सुधार" आदि क्रमवद्ध दस्तावेजहरू पारित गरियो।

जानकारी तथा लेखहरु