फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ "चौतर्फी क्षेत्रीय आर्थिक साझेदारी सम्बन्ध सम्झौता" दोस्रो नेतास्तरीय सम्मेलनमा

(GMT+08:00) 2018-11-15 18:27:47

चीनका प्रधानमन्त्री ली ख छ्याङले चौध तारिख दिउँसो सिंगापुरमा "क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्धको सम्झौता" सम्बन्धि दोस्रो नेतास्तरीय सम्मेलनमा सहभागिता जनाउनुभएको छ। आशियानका दश वटा मुलुकका नेता, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, न्यूजिल्याण्ड, भारत लगायत देशका नेताहरु यो सम्मेलनमा सहभागी भए।

प्रधानमन्त्री लीले एक वर्षअघि क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्धबारे पहिलो नेता सम्मेलन भएदेखि आशियानको मुख्य निर्देशनमा, आशियान वर्तमान अध्यक्ष मुलुक सिंगापुरले अघि बढाएको वार्ता प्रक्रिया द्रूत गतिले अघि बढेको र हाल मुख्य विषयमा प्रवेश गरिएको औंल्याउनुभयो।

सम्मेलनमा सहभागी विभिन्न मुलुकका नेताहरूले विभिन्न पक्षले सक्दो प्रयास गर्दै आर्थिक एकीकरण प्रक्रिया तथा स्वतन्त्र व्यापारलाई अघि बढाउनुपर्ने बताए।

जानकारी तथा लेखहरु