फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी उप-राष्ट्रपतिको भनाइमा चीनको प्रतिकृया

(GMT+08:00) 2018-11-15 18:35:53

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अमेरिकाले दुई देशका नेताबीच सम्पन्न भएको सहमति बमोजिम दुई पक्षले ध्यान दिएको विषयबारे ईमानदार रुपमा सल्लाह गरी दौत्य सम्बन्धको स्वस्थ विकास र विस्तृत आर्थिक तथा व्यापारिक सहयोगलाई व्यवहारमा उतार्न सक्ने आशा चीनले लिएको व्यक्त गर्नुभएको छ।

प्राप्त समाचारअनुसार, अमेरिकाका उप-राष्ट्रपति माइक पेन्सले तेह्र तारिख वाशिङ्टन पोष्टलाई अन्तर्वार्ता दिँदै जी-बीस आर्जेन्टिना शिखर सम्मेलन अवधिमा अमेरिकाले चीनसँग ढोका खोल्ने सम्झौता सम्पन्न गरेको थियो तर त्यसअघि चीनले आर्थिक, सैन्य र राजनीतिक कार्यक्रममा ठूलो परिवर्तन गर्नुका साथै अमेरिकाले ध्यान दिएको विषयमा छुट दिनुपर्ने उल्लेख गर्नुभयो। आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले त्यसको प्रतिकृया दिनुभएको हो।

प्रवक्ता ह्वाले हाल चीन-अमेरिका सम्बन्ध महत्वपूर्ण बिन्दुमा रहेको बताउँदै दुवै पक्षले सही छनौट गरी व्यवहारिक प्रयासमार्फत् चीन-अमेरिका सम्बन्धको स्वस्थ तथा स्थिर विकासतर्फ लैजान आवश्यक रहेको विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु