फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकाइसौँ दश जोड तीन नेतास्तरीय सम्मेलनमा प्रधानमन्त्री ली सहभागी

(GMT+08:00) 2018-11-15 18:44:57

चीनका प्रधानमन्त्री ली ख छ्याङले नोभेम्बर पन्ध्र तारिख बिहान सिंगापुर प्रदर्शन केन्द्रमा आयोजित एकाइसौँ आशियान र चीन, जापान, दक्षिण कोरिया अर्थात् दश जोड तीन मुलुकका नेता सम्मेलनमा भाग लिएर सम्बोधन गर्नुभएको छ।

प्रधानमन्त्री लीले एशिया र अन्तर्राष्ट्रिय वित्तीय संकटको सामना गर्दा आशियानका विभिन्न मुलुक र चीन, जापान, दक्षिण कोरियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वर्तमान व्यापारिक संरक्षणवादको स्वर उठेको बेलामा दश जोड तीन मुलुकले बहु-पक्षीयतावाद र स्वतन्त्र व्यापारको संरक्षण गर्न अडिग रहनुपर्ने दोहोर्‍याउनुभयो।

प्रधानमन्त्री लीले आगामी चरणमा दश जोड तीन बीचको सहयोगबारे केही प्रस्ताव प्रस्तुत गर्नुभयो। उहाँले पूर्वी एशियाको आर्थिक एकीकरणको निर्माण अघि बढाउने, वित्तीय सुरक्षालाई प्रवर्द्धन गर्ने, नवीन सिर्जनात्मक सहयोगलाई विस्तृत गर्ने, उदार विकासलाई बढाउने तथा मानवीय सम्बन्धलाई घनिष्ठ बनाउने लगायत प्रस्ताव राख्नुभएको हो।

जानकारी तथा लेखहरु