फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ रक्षामन्त्री वै फङ ह र भारतीय सचिवबीच पैचिङमा भेट-वार्ता

(GMT+08:00) 2018-11-15 18:48:38

चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ हले पन्ध्र तारिख पैचिङमा भारतका रक्षा मन्त्रालयका रक्षा सचिव श्री सञ्जय मित्रसँग भेट-वार्ता गर्नुभएको छ।

चीन-भारत नवौं सुरक्षा छलफलमा सहभागी हुनुभएका भारतका रक्षा सचिव मित्रसँगको भेटमा रक्षामन्त्री वैले मतभेदको तुलनामा चीन र भारतबीच साझा फाइदा धेरै रहेको भन्दै दुवै मुलुकका जनता र क्षेत्रीय शान्ति तथा समृद्धिका लागि दुवै मुलुकबीचको राम्रो सम्बन्ध धेरै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले दुवै मुलुकले सैन्य आदान-प्रदान, आपसी हित र सहयोगलाई सबल पार्ने, दुवै मुलुकबीचको सम्बन्धको स्वस्थ र स्थिरतापूर्वक विकास गर्ने बताउनुभयो।

रक्षा सचिव मिट्रले चीनसँगको सम्बन्ध भारतको सबैभन्दा महत्वपूर्ण द्वीपक्षीय सम्बन्धहरुमध्ये एक भएको बताउनुभयो। उहाँले दुवै पक्षले सहयोगलाई सबल पार्ने, दुवै मुलुकका सेनाबीचको सम्बन्धलाई अझ पगाढ बनाउने आशा व्यक्त गर्नुभयो।

सो अवसरमा रक्षा मन्त्री वैले मंगोलियाका रक्षा मन्त्रालयका राज्य सचिव बात्बिलेगसँग पनि भेट-वार्ता गर्नुभयो।

जानकारी तथा लेखहरु