फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा चीन-नेपाल सिमा जोडिने द्रूतमार्ग निर्माणको संभाव्यता अध्ययन

(GMT+08:00) 2018-11-16 15:30:08

चीनले हिल्सा–जमुनाहा द्रूतमार्गको निर्माणका लागि सम्भाव्यता अध्ययन थालेको छ। चिनीयाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाहा जोड्ने ५३० किमी सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीको प्राविधिक टोलीले मंगलबार हवाई सर्भे गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

प्रधानमन्त्री केपी ओलीको असार पहिलो साता सम्पन्न चीन भ्रमणमा भएको एक महत्वपूर्ण सहमति थियो, कर्णाली आर्थिक करिडोर विकासका लागि चीनले संभाव्य सहयोग गराउने। त्यसअघि वैशाख १ गते रारामा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले हिल्सा–जमुनाह द्रूतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो।

प्रदेश र संघीय सरकारको यही प्राथमिकतामा चीन सरकारले पनि चासो दिएको छ। 'चीन सरकारले कर्णाली प्रदेशभित्र विकासका थुप्रै काम गर्ने सकारात्मक चासो देखाएको छ,' प्रदेश सरकारको तर्फबाट उक्त काममा संलग्न प्रदेश सांसद धर्मराज रेग्मीले भन्नुभयो,'अहिलेसम्म ठोस रुपमा उक्त सडकमा मात्र काम सुरु भएको छ।'

सांसद रेग्मीका अनुसार ६ महिनादेखि एक वर्षसम्म यो टोलीले प्रारम्भिक सर्वेक्षण सक्ने छ।

जानकारी तथा लेखहरु