फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्वजनिक शिक्षामा समतामूलक पहुँच र गुणस्तरीय सुधारका लागि छैठौं विश्व शैक्षिक सम्मेलन काठमाडौंमा

(GMT+08:00) 2018-11-16 15:30:34

सार्वजनिक शिक्षामा समतामूलक पहुँच र गुणस्तरीय सुधार गर्ने उद्देश्यका साथ छैठौं विश्व शैक्षिक सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। तीनदिने सम्मेलनमा सार्वजनिक शिक्षामा विश्वभरि देखिएका कमीकमजोरी र सुधारका उपायहरु खोजिनेछ।

सम्मेलन विश्वभरिका शिक्षा अधिकारकर्मीको साझा सञ्जाल 'शिक्षाका लागि विश्व अभियान' को अगुवाइमा हुनेछ । अभियानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार सम्मेलन शुक्रबारदेखि आइतबारसम्म होटल याक एन्ड यतिमा हुने नागरिकन्यूज डटकममा खबर छ।

एक सयभन्दा बढी देशका २५० शिक्षाकर्मी, नागरिक समाजका नेतृत्व एवं युवा अभियानकर्मी सहभागी हुने सम्मेलनको उद्घाटन सत्रलाई संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मद, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले संवोधन गर्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो। सम्मेलनको मूल नारा 'न्याय, समानता र समावेशिताका लागि सार्वजनिक शिक्षा पद्धतिको रुपान्तरण' तय गरिएको छ। सम्मेलनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै कार्यदिशा र अजेन्डा तय गर्ने जानकारी अभियानकी अध्यक्ष क्यामिला क्रोशोले दिनुभयो। सम्मेलनले विद्यालयको पहुँचबाहिर रहेका विश्वभरिका २६ करोडभन्दा बढी बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अनुगमन र जागरणका कार्यक्रमसमेत पारित गर्नेछ। सम्मेलनले २० देशका ४० युवाको सार्वजनिक शिक्षासम्बन्धी निष्कर्षलाई अनुमोदनसमेत गर्नेछ।

जानकारी तथा लेखहरु