फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ तेह्रौं पूर्वी एशिया शिखर सम्मेलनमा सहभागी

(GMT+08:00) 2018-11-16 16:27:45

चीनका प्रधानमन्त्री ली खछ्याङ पन्ध्र तारिख सिंगापुरमा तेह्रौं पूर्वी एशिया शिखर सम्मेलनमा सहभागी हुनुभयो। आशियानका दश वटा मुलुकका नेता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इन, जापानका प्रधानमन्त्री शिन्जो अबे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, न्यूजील्याण्डका प्रधानमन्त्री ज्यासिन्डा अर्डेन, अमेरिकी उप राष्ट्रपति माइक पेन्स आदि नेताहरू यस शिखर सम्मेलनमा सहभागी भएका छन्। सिंगापुरका प्रधानमन्त्री ली सेन लोङले यो सम्मेलनको अध्यक्षता गर्नुभयो।

प्रधानमन्त्री ली ख छ्याङले पूर्वी एशिया शिखर सम्मेलन स्थापना भएको १३ वर्षदेखि पूर्वी एशिया क्षेत्र वार्ता र सहयोगलाई बढाउने महत्पूर्ण मञ्च भएको बताउनुभयो। उहाँले हालै अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर उन्मुख भएको बताउँदै शान्तिपूर्ण सह-अस्तित्व र साझा समृद्धिको भावनाका साथ आपसी सुधार तथा पूर्वी एशियाली क्षेत्रको शान्ति, स्थिरता र विकासलाई सुरक्षित गर्ने बताउनुभयो।

उहाँले पूर्वी एशियाको सहयोगबारे पाँच वटा प्रस्ताव प्रस्तुत गर्नुभयो। पहिलोः बहुपक्षीयतावाद कायम राख्ने, दोस्रोः स्वतन्त्र व्यापारको संरक्षण, तेस्रोः क्षेत्रीय आर्थिक एकीकरण प्रक्रियालाई अघि बढाउने, चौथोः क्षेत्रीय दिगो विकास र सहयोगलाई बढाउने र पाँचौं राजनैतिक सुरक्षा वार्ता र सहयोग बढाउने।

सम्मेलनमा "पूर्वी एशिया शिखर सम्मेलनका नेताहरूले आशियान स्मार्ट सिटी वक्तव्य" लगायत धेरै फाइदाजनक दस्तावेजहरू पनि पारित गरेका छन्।

जानकारी तथा लेखहरु