फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र पपुआन्यूगिनीका गभर्नर बब दाबाएबीच भेटवार्ता

(GMT+08:00) 2018-11-16 16:28:32

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सोह्र तारिख पोर्ट मोर्सबीमा पपुआन्यूगिनीका गभर्नर-जनरल बब दाबाएसँग भेटवार्ता गर्नुभएको छ।

भेटमा उहाँले पहिलो पटक सुन्दर पपुआन्यूगिनीको भ्रमण गरेको बताउँदै कुनै पनि चीनका राष्ट्राध्यक्षको नै पहिलो भ्रमण भएको बताउनुभयो। उहाँले चीनले पपुआन्यूगिनीसँगको सम्बन्धमा उच्च महत्व दिएको भन्दै यस भ्रमणबाट दौत्य सम्बन्धलाई अझ बढाएर दुई पक्षबीच विभिन्न क्षेत्रका आदान-प्रदान र व्यवहारिक सहयोगलाई प्रवर्द्धन गर्नसकिने आशा व्यक्त गर्नुभयो। पपुआन्यूगिनीलगायत प्रशान्त द्वीप मुलुकसँग एकता र सहयोगलाई बढाउन चीन दृढ रहेको पनि सीले दोहोर्‍याउनुभयो।

प्रत्युत्तरमा दाबाएले राष्ट्राध्यक्ष सीको यस भ्रमण दुई देश सम्बन्धको कोषेढुङ्गा भएको बताउँदै पपुआन्यूगिनीको पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत राष्ट्रिय विकास र जनजीवन क्षेत्रमा चीनले दिएको मूल्यवान सहयोग र एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा व्यापारिक सहयोग नेतास्तरीय अनौपचारिक सम्मेलनको आयोजनाका लागि चीनले दिएको ठूलो समर्थनप्रति धन्यवाद ज्ञापन गर्नुभयो। चीनसँग अझै प्रयास गरी आपसी सम्बन्धलाई उकास्ने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु