फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ र रूसी राष्ट्रपति पुटिनबीच भेट-वार्ता

(GMT+08:00) 2018-11-16 16:28:53

पन्ध्र तारिख दिउँसो चीनका प्रधानमन्त्री ली खछ्याङले सिंगापुरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट-वार्ता गर्नुभयो।

प्रधानमन्त्री लीले चीन र रुसबीच चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध राम्रो रुपमा चलिरहेको बताउनुभयो। उहाँले यस वर्षदेखि दुवै मुलुकका नेताले धेरै क्षेत्रको सहयोगमा नयाँ मतैक्यता निकालेको स्मरण गर्नुभयो। उहाँले दुवै पक्षले यी सफलताहरुलाई सकारात्मक कार्यान्वयन गर्दै दुवै मुलुकबीचको सम्बन्ध र सहयोगलाई झन् वृहत पार्नुपर्ने पनि बताउनुभयो।

प्रत्युत्तरमा रुसी राष्ट्रपति पुटिनले रुस र चीनले उच्चस्तरीय आदान-प्रदान नियमित राख्नु धेरै महत्वपूर्ण छ, भन्नुभयो। उहाँले रुसले चीनसँग विभिन्न किसिमको सहमतिलाई राम्रोसँग कार्यान्वयन गर्नुका साथै ऊर्जा श्रोत, वायुसेवा उड्डयन, प्रविधि आदि क्षेत्रको सहयोगलाई सबल पार्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु