फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पपुआन्यूगिनीका नेताहरूसँग भेटघाट

(GMT+08:00) 2018-11-16 16:40:14

सोह्र तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पपुआन्यूगिनीको राजधानी पोर्ट मोर्सबीमा राजकीय भ्रमण सुरु गर्नुभएको छ। उहाँ अघिपछि गरी गभर्नर-जनरल दादाए, प्रधानमन्त्री ओनेलसँग भेट गरी प्रधानमन्त्री ओनेलसँगै चिनियाँ सहयोगमा निर्मित स्वतन्त्र मार्ग र बातुका स्कूलको सं‍चालन समारोहमा उपस्थित हुनुभएको छ।

पपुआन्यूगिनीका गभर्नर-जनरल बब दादाएसँग भेट गर्दा सी चिनफिङले पहिलो पटक सुन्दर पपुआन्यूगिनीको भ्रमण गरेको बताउँदै कुनै पनि चीनका राष्ट्राध्यक्षको नै पहिलो भ्रमण भएको बताउनुभयो। उहाँले चीनले पपुआन्यूगिनीसँगको सम्बन्धमा उच्च महत्व दिएको भन्दै यस भ्रमणबाट दौत्य सम्बन्धलाई अझ बढाएर दुई पक्षबीच विभिन्न क्षेत्रका आदान-प्रदान र व्यवहारिक सहयोगलाई प्रवर्द्धन गर्नसकिने आशा व्यक्त गर्नुभयो। पपुआन्यूगिनीलगायत प्रशान्त द्वीप मुलुकसँग एकता र सहयोगलाई बढाउन चीन दृढ रहेको पनि सीले दोहोर्‍याउनुभयो।

प्रत्युत्तरमा दादाएले राष्ट्राध्यक्ष सीको यस भ्रमण दुई देश सम्बन्धको कोषेढुङ्गा भएको बताउँदै पपुआन्यूगिनीको पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत राष्ट्रिय विकास र जनजीवन क्षेत्रमा चीनले दिएको मूल्यवान सहयोग र एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा व्यापारिक सहयोग नेतास्तरीय अनौपचारिक सम्मेलनको आयोजनाका लागि चीनले दिएको ठूलो समर्थनप्रति धन्यवाद ज्ञापन गर्नुभयो। चीनसँग अझै प्रयास गरी आपसी सम्बन्धलाई उकास्ने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

सोहि दिन चीनका राष्ट्राध्यक्ष सीले पोर्ट मोर्सबीमा पपुआन्यूगिनीका प्रधानमन्त्री पिटर ओनेलसँग चीनको सहयोगमा निर्मित स्वतन्त्र मार्ग र बुतुका स्कूल सं‍चालन समारोहमा भाग लिनुभयो।

सो अवसरमा सीले दक्षता नै प्रथम स्रोत भएको बताउँदै पपुआन्यूगिनीको क्षमता तालिममा सघाउन चीनले बुतुका स्कूल निर्माण गरेको बताउनुभयो। पपुआन्यूगिनीसँग दुई देशका जनताबीचको गहिरो मित्रतालाई बढाएर आपसी सम्बन्धको विकासलाई दृढ पार्ने इच्छा पनि सीले देखाउनुभयो।

त्यस क्रममा प्रधानमन्त्री ओनेलले लामो समयदेखि चीनले पपुआन्यूगिनीलाई दिएको ठूलो समर्थनप्रति धन्यवाद ज्ञापन गर्दै चीनको सहयोगले पपुआन्यूगिनीको आर्थिक तथा सामाजिक विकास बढाउनुका साथै पपुआन्यूगिनीवासीको जीवनस्तर उकासेको जानकारी दिनुभयो। दुई देशको चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध सहयोग अरु विकास गरी पपुआन्यूगिनीको आर्थिक तथा सामाजिक विकासलाई अरु बढाउनसक्ने विश्वास लिएको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु