फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ दूतावासद्वारा चिनियाँ नागरिकलाई विना भिसा भारत नछिर्न चेतावनी

(GMT+08:00) 2018-11-16 16:49:15

भारतको भिसाविना चिनियाँ नागरिकहरुले नेपाल र भारतको खुला सिमा क्षेत्रबाट भारतमा प्रवेश गरेका छन्। यो कुरा धेरै पटक भैसकेको छ। चिनियाँहरू अवैध रूपमा भारत प्रवेश गरेका कारण भारतको हिरासतमा लिइएका छन्।

नेपाल र भारत बीच सिमाना खुला छ। सिमानामा स्पष्ट चिन्ह राखिएको छैन, नेपाल र भारतका नागरिकहरु स्वतन्त्र रुपमा एकअर्काका मुलुकमा प्रवेश गर्नसक्छन्, तर तेस्रो मुलुकका नागरिकहरु प्रवेश गर्न सक्दैनन्। नेपालका लागि चीनका राजदूतावासले चिनियाँहरुले नेपाल र भारत सिमाक्षेत्रमा पर्यटन वा आर्थिक व्यापार गर्ने क्रममा लापरवाहीपूर्वक भारत प्रवेश नगर्न र त्यसो गरेमा गम्भीर परिणति देखापर्नेतर्फ सचेत गराएको छ।

जानकारी तथा लेखहरु