फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधारिएको चीन-अस्ट्रेलिया सम्बन्ध स्थिर हुने आधार अस्ट्रेलियाको हातमा

(GMT+08:00) 2018-11-16 18:44:18

केही समय यता अस्ट्रेलियाले चीनलाई आफ्नो मित्रता देखाइरहेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले आशियान शिखर सम्मेलनमा चीनका प्रधानमन्त्री ली ख छ्याङसँग भेटवार्ता गर्नुभयो।

चीनले चीन-अस्ट्रेलिया सम्बन्धमा ध्यान दिइरहेको छ र अगष्टमा नियुक्त भएको मोरिसन सरकारलाई दुई देश सम्बन्धको सुधार हुने मौकाको रूपमा लिएको छ। साथै दुई देश सम्बन्धको सुधारमा अस्ट्रेलियाको सक्रिय धारणाको पनि प्रशंसा गरेको छ। यसअघि अस्ट्रेलियाका विदेशमन्त्री मारिस पेइनले तीन वर्षयताको पहिलो पटक चीन भ्रमण गर्नुभएको थियो। स्पष्ट भएको के छ, भने चीन-अस्ट्रेलिया सम्बन्धको विकास गर्दा चीनले पहिलाको मतभेद त्यागेर दुई देश सम्बन्धलाई सही बाटोमा ल्याउन प्रयास गरेको छ।

हाल चीन-अस्ट्रेलिया सम्बन्धको सक्रिय अन्तर्क्रिया चल्दै गर्दा अस्ट्रेलियाले चीनका सक्रिय इच्छामा ध्यान दिनुका साथै दुई देश सम्बन्धको दीर्घकालीन तथा स्थीर विकासमा प्रयास गर्नुपर्छ तर अस्थायी तयारी मात्रै गर्नुहुँदैन अथवा आन्तरिक राजनीतिको आधारमा मात्रै विचार गर्नुहुँदैन।

जानकारी तथा लेखहरु