फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सहयोगमा दक्षिण प्रशान्त द्वीप मुलुकहरू विश्व राजनीतिक राडारमा

(GMT+08:00) 2018-11-17 14:14:05

हाल चीनका राष्ट्राध्यक्ष सी चिनफिङ पपुआ न्यू गिनीको राजकीय भ्रमणमा हुनुहुन्छ। केही दिनयता पश्चिमी सञ्चारमाध्यमहरूले दक्षिण प्रशान्त क्षेत्रमा बढ्दैआएको चीनको प्रभावमा नजर पुर्‍याइरहेका छन्। द एशोसियटेड प्रेसको रिपोर्टका अनुसार, चीनको भनाइ र गतिविधिले दक्षिण प्रशान्त द्वीप मुलुकमा विश्वास बढाएको छ र उनीहरुले नयाँ छनौट पनि देखेका छन्।

ठूलो वा सानो होस् समान रुपमा सहयोग गर्ने र स्वतन्त्र रुपमा आफ्नो विकासको बाटो पहिल्याउने द्वीप मुलुकका जनताको अधिकारलाई सम्मान दिने सिद्धान्तको आधारमा चीनले सकेसम्म उनीहरुलाई विना राजनीतिक सर्त ईमानदारीपूर्वक सहयोग दिएको छ जसले दक्षिण प्रशान्त द्वीप मुलुकको आर्थिक तथा सामाजिक विकासमा एकदम महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

तर चीनको ईमानदारी सहयोगबाट केही पश्चिमा मुलुकलाई चिन्तित पारेको छ। उनीहरुलाई सो क्षेत्रमा आफ्नो प्रभाव कमजोर हुने त्रास जागेको छ। चीनलाई बदनाम गर्न विफल भएपछि पश्चिमा मुलुकहरूले चीनबाट सिकेर सो क्षेत्रमा थप लगानी र सहयोग गर्न थालेका छन्। तर यदि सो क्षेत्रमा पश्चिमा सहयोग काम लाग्यो भने यो योगदानलाई अझै चीनको नाममा राखिनेछ। पपुआ न्यू गिनीको संसदका एक अधिकारीको विचारमा पपुआ न्यू गिनी एक सानो मुलुक हो, आर्थिक मात्रा पनि सानो छ, त्यसैले पहिला अन्तर्राष्ट्रिय राजनीतिक राडारको रेन्जमा थिएन तर चीनको समर्थन र चीनसँगको सम्बन्धले त्यस्तो अवस्थाको परिवर्तन भएको छ र अहिले पपुआ न्यू गिनी अन्तर्राष्ट्रिय राजनीतिक राडारको रेन्जमा पुगिसकेको छ।

सम्मेलनमा सहभागी द्वीप मुलुकका नेताले पनि विश्वास गरेका छन् कि चीन प्रशान्त द्वीप मुलुकले विकास गर्ने, जनतालाई फाइदा पुर्‍याउने, विश्व चुनौतीको सामना गर्ने महत्वपूर्ण साझेदार हो र चीनको बेल्ट एण्ड रोडको निर्माणमा सक्रिय रुपमा भाग लिने इच्छा छ। चीन र प्रशान्त द्वीप मुलुक चौतर्फी सहयोगको नयाँ युगमा प्रवेश भएका छन्।

जानकारी तथा लेखहरु