फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीको लेख ब्रुनाईका सञ्चारमाध्यममा प्रकाशित

(GMT+08:00) 2018-11-17 15:10:39

ब्रुनाइको दारास्सलामको राजकीय भ्रमण अघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ब्रुनाईका सञ्चारमाध्यममा《हातमा हात मिलाउँदै चीन र ब्रुनेइबीचको सम्बन्धमा नयाँ अध्यायको सिर्जना》शीर्षकको लेख प्रकाशित गर्नुभएको छ। यस लेखमा राष्ट्राध्यक्ष सीले चीन र ब्रुनाई समुद्रपार मैत्रीपूर्ण छिमेकी मुलुक भन्दै प्राचीनकालदेखि नै ब्रुनाई समुद्री रेश्मी मार्गको महत्वपूर्ण भाग रहेकोमा जोड दिनुभएको छ।

सन्1991 मा चीन र ब्रुनाईबीचको दौत्य सम्बन्ध औपचारिक रुपमा स्थापना भएको थियो। साथै यी दुबै मुलुकबीचको रणनीतिक सहयोगत्मक साझेदारी सम्बन्ध स्थापना भएयता आपसी राजनीतिक विश्वास लगातार गहन पारिँदै गएको देखिन्छ। यी दुबै मुलुकबीचको सम्बन्ध इतिहासको सबैभन्दा राम्रो अवधिमा प्रवेश गरेको छ। चीनको "एक पेटी एक मार्ग"भन्ने निर्णय प्रस्तावले ब्रुनाईको हार्दिक प्रतिक्रिया तथा समर्थन पाएको छ। यस आधारमा यी दुबै मुलुकले आपसी सम्झना र सहयोगलाई बढाउँदै संयुक्त रुपमा अगाडि विकास गर्दै जानसक्ने छन्।

चीनले ब्रुनाईसँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा आपसी सहयोगलाई मजबुत बनाउँदै बहुपक्षीयतावाद,अन्तर्राष्ट्रिय व्यापार प्रणाली,विकासोम्मुख मुलुकको वैधानिक अधिकारको संरक्षण र क्षेत्रीय शान्ति तथा स्थिरतामा योगदान सिर्जना गर्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु